दोस्रो मैत्रीपूर्ण खेलमा नेपालको साँघुरो जित

डिसी नेपाल
९ पुष २०७६ १८:१६

काठमाडौं । नेपाली यू–१५ राष्ट्रिय महिला फुटबल टिमले भुटानसँगको दोस्रो मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा नेपालले भुटानलाई १–० गोल अन्तरले हराएको हो । नेपाललाई जित दिलाउन अमिशा कार्कीले निर्णायक गोल गरिन् । उनले खेलको १३ औं मिनेटमा गोल गरेकी थिइन् ।

यस अघि सोमबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो । नेपाललाई जित दिलाउन अमिशा कार्कीले ह्याट्रिक गरेकी थिइन् । यस्तै कप्तान प्रिती राईले दुई र सुनकली राईले एक गोल गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *