समृद्ध नेपाल निमार्णको जिम्मेवारी नेपालीको काँधमा छ : मुख्यमन्त्री राई

डिसी नेपाल
९ पुष २०७६ १९:४३

खगेन्द्र घिमिरे झापा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समृद्ध नयाँ नेपालको निमार्णको जिम्मेवारी नेपालीको काँधमा आएको बताएका छन् । नेपाली जनलाई मौलिक बनाउन संविधान बनिसकेको हुँदा नयाँ नेपालको निमार्णको जिम्मेवारी नेपालीकै भागमा रहेको बताएका हुन् । उनले समृद्धिको लक्ष्यमा प्रदेश नं. १ रहेको हुँदा १० बर्षभित्र पूर्ण समृद्धि प्रदेश बनाउने बताए ।

झापाको मेचीनगर धुलाबारीमा आयोजित तेस्रो अन्तरराष्ट्रिय औद्योगिक व्यापार, पर्यटन तथा कृषि महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले उत्पादन तथा बजारिकरण बिना हाम्रो समृद्धि सम्भव नहुने हुँदा निजी क्षेत्रसँगै सहकार्य गरेर अघि बढेने बताए । प्रदेश नं. १ सरकारले प्रदेशको कृषि, पर्यटन तथा उद्योग व्यवसाय क्षेत्रको विकासका लागि थुप्रै कार्यक्रम ल्याएको मुख्यमन्त्री राईले जानकारी दिए ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरि आयोजना गरिएको महोत्सवमा नेपाल लगायत भारतका दार्जिलिङ, आसाम तथा पश्चिम बंगाल, बंगलादेश तथा भुटानबाट व्यवासायी तथा पर्यटकहरुले महोत्सव अवलोकन गर्ने आयोजक मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाले बताए।

बुधबारदेखि तेस्रो अन्तर्रा्ष्ट्रिय औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव शुरु भएको छ । पर्यटन वर्ष २०२० शुभारम्भको पूर्वसन्ध्यामा मेची उद्योग वाणिज्य संघको आयोजनामा मेचीनगको धुलाबारीमा शुरु महोत्सवको एक समारोहका बीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समुद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन हुँदै गर्दा आकाशमा हेलिकोप्टरबाट पुष्पवर्षा समेत गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *