बुमराहले रणजी ट्रफी खेल्न नपाउने

डिसी नेपाल
९ पुष २०७६ २१:१०

एजेन्सी । चोटका कारण लामोसमय मैदान बाहिर रहेका जसप्रित बुम्राह श्रीलंका विरुद्धको टी २० सिरीजबाट कमब्याक गर्दैछन ।

उनी श्रीलंका विरुद्धको सिरीज खेल्न जानुभन्दा अगाडी आफ्नो फिटनेस टेष्ट गर्न घरेलु क्रिकेट प्रतियोगिता रणजी ट्रफीमा गुजरातबाट खेल्न चाहन्थे, तर बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले उनलाई सो खेल नखेल्न निर्देशन दिएका छन ।

जसका कारण उनले सो खेल खेलेनन । अब उनले सोझै श्रीलंका विरुद्धको पहिलो टि २० मा कमब्याक गर्ने भएका छन । जुन जनवरी ५ तारिखमा हुनेछ । गत सेप्टेम्बरमा स्ट्रेस फ्याक्चरमा समस्या भएपछि उनी टिम बाहिर रहेका थिए । करिव चार महिना टिम बाहिर रहेका उनले चोट निको भएपछि रणजी ट्रफि खेल्ने चाहना राखेका थिए । तर उनको सो चाहनालाई बीसीआइई अध्यक्षले पुरा हुन दिएनन् ।

गांगुलीले उनलाई श्रीलंका विरुद्धको सिरीजमा फोकस हुन निर्देशन दिएका छन । यदि रणजी ट्रफिमा खेल्न पाएको भए उनले दिनमा चार देखि ८ ओभरमा मात्र बलिङ गर्न पाउने थिए । किनकी भारतीय टिमका ब्यवस्थापनले गुजरात टिमलाई यस्तो निर्देशन दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *