प्रशिक्षकमाथि दुर्व्यवहार गरेपछि भारतीय खेलाडी डिंडा टिमबाट निष्काशित

डिसी नेपाल
९ पुष २०७६ २२:०४

एजेन्सी । बंगाल टीमका फास्ट बलर अशोक डिंडालाई टीमबाट हटाइएको छ । डिंडामाथि बंगाल रणजी टीमको बलिङ्ग प्रशिक्षक रानादेव बोसलाई दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।

यस कारण उनी अनुशासनिक कारबाहीका कारण बुधबारदेखि टिमबाट बाहिरिएका छन् । मिडिया रिपोटका अनुसार उनले मंगलबार अभ्यासको क्रममा रणदेव बोसलाई दुव्र्यवहार गरेका थिए ।

डिंडा र रणदेव बोस बीच पहिले नै झगडा भएको थियो । मंगलबार रणदेव बोसले बंगालका कप्तान अभिमन्यु इश्वरनसँग ड्रेसिंग रुममा केही कुराकानी गरिरहेका थिए । जसमा डिंडाले नराम्रो कुरा गरेको आभाष भएको थियो ।

बंगाल क्रिकेट संघले डिन्डालाई माफी माग्न भन्यो तर उनले भने माफी मागेनन् । इन्डियन एक्सप्रेसलाई बोल्दै बंगालका प्रशिक्षक अरुण लालले भने “डिंडाले रणदेव बोसलाई दुर्व्यवहार गरे । क्याब सचिवले उनलाई माफी माग्न भने तर उनले अस्विकार गरेपछि उनलाइ टिमबाट बाहिर गरेको हो ।’

अशोक डिंडाले भारतका लागि १३ एकदिवसीय खेल खेलेका छन, जसमा उनले १२ विकेट लिएका थिए । यस बाहेक उसले टी–२० अन्तर्राष्ट्रिय खेलमा १७ विकेट लिए । उही समयमा ११६ प्रथम श्रेणी खेलहरुमा उनले अहिले सम्म ४२० विकेट लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *