उपसभामुख तुम्बाहाम्फेले आज राजीनामा दिँदै, काे बन्दैछ सभामुख?

डिसी नेपाल
१० पुष २०७६ ८:११

काठमाडौं। सत्तारुढ दल नेकपाले सभामुख कसलाई बनाउने भन्ने टुुंगो लगाउन नसकिरहेका बेला उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने तयारी गरेकी छन्। उपसभामुख तुम्बाहाम्फेले बिहीबार (आज) राजीनामा दिने भएकी हुन्।

उनले सभामुखलाई संवोधन गरेर आफ्नो राजीनामा संसद सचिवालयमा दर्ता गराउने तयारी गरेकी छन्। ‘उपसभामुखज्युले आज पदबाट राजीनामा दिँदै हुनुहुनछ,’ उपसभामुख निटक स्रोतले डिसी नेपालसँग भन्यो, ‘सभामुखलाई सम्वोधन गरेर राजीनामा पत्र संसद सचिवालयमा दर्ता गराउने तयारी छ।’

तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहारको आरोपमा राजीनामा दिएपछि दुई महिनादेखि सभामुख पद रिक्त छ। सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक प्रावधान अनुरुप उपसभामुखले राजीनामा दिन लागेकी हुन्। सभामुख पद नेकपाले आफूसँगै राख्न चाहेपछि उपसभामुखले राजीनामा दिने भएकी हुन्।

नेकपाले सभामुख आफैंसँग राखे उपसभामुख फरक दललाई दिनुपर्छ। सोही प्रावधान अनुरुप उपसभामुखले राजीनामा दिन लागेकी हुन्। सभामुख चयन प्रक्रिया शुक्रबारदेखि सुरु हुँदैछ। स्रोतको अनुसार १४ गते सभामुख चयनका लागि निर्वाचन गर्ने संसद सचिवालयको तयारी छ।

तर अहिलेसम्म सत्तारुढ दल नेकपाले सभामुख कसलाई बनाउने भन्ने बारेमा निर्णय गरिसकेको छैन। सभामुखमा पूर्व सभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य अग्नि सापकोटाको नाम चर्चामा छ। प्रधानमन्त्री केपी ओली नेम्वाङलाई सभामुख बनाउन चाहन्छन्।

नेम्वाङको नामप्रति अर्का अध्यक्ष प्रचण्डको पनि सहमति छ। उनीमाथि पूर्व माओवादीभित्रै बाट सभामुख बनाउनु पर्ने दवाब पनि छ। सभामुख चयन गर्ने जिम्मा नेकपाले अध्यक्षद्वयलाई दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *