के राजपा सरकारमा सहभागी हुन्छ?

डिसी नेपाल
११ पुष २०७६ ७:१४

काठमाडौं। समाजवादी पार्टी सरकारबाट बाहिरिँदै सरकारलाई दिएको सथर्मन फिर्ता लिएपछि राष्ट्रिय जनता पार्टी केन्द्र सरकारमा सहभागी हुने विषयले चर्चा पाएको छ। यसअघि सरकारलाई समर्थन गरेर सरकार बाहिरै बसेको राजपा समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि सरकारमा सहभागी होला? त्यसका लागि सरकारले तीन वटा र्सत पूरा गर्नुपर्ने राजपा नेताहरुले बताएका छन्। आफूहरुको माग र एजेण्डा अहिले पनि पूरा नभएको भन्दै राजपा नेताहरु आफूका शर्त पूरा भए सरकारमा जान समस्या नभएको बताएका छन्।

राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग गठबन्धन गरेको राजपाले समाजवादी पार्टीले सरकारबाट राजीनामा दिएसँगै राजापाले सरकारमा सहभागी हुन शर्त अघि सारेको हो।

राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संविधान संशोधन, मधेस आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ता रिहाइ र झुटा मुद्दा खोरेज, रेशम चौधरी लगायतलाई रिह गरेमात्र सरकारमा सहभागी हुने सकिने जनाए।

‘राष्ट्रियसभामा दुई बुँदे सहमति भएको छ। सहमतिको दोस्रो बुँदामा सहकार्य गर्न सकिने भनेर उल्लेख गरिएको छ। सरकार हाम्रा शर्त पूरा भयो भने सरकारमा सहभागी हुन कुनै आपत्ति छैन,’ उनले डिसी नेपालसँग भने, ‘तर अहिलेसम्म सरकारसँग यी विषयमा कुनै कुरा भएको छैन। मुख्य कुरा हाम्रो माग सम्वोधन हुनुपर्छ भन्ने हो।’

वर्तमान सरकार गठन हुँदा राजपाले बाहिरै बसेर सरकारलाई समर्थन गरेको थियो। राजपाले मुख्य रुपमा संविधान संशोधनको माग उठाउँदै आएको छ। तर सरकारले आवश्यकता र औचित्यका आधारमा संविाधन संशोधन गर्न सकिने पनि जनाएको छ।

तर सरकार संविधान संशोधन गर्न तयार नभएको आरोप लगाउँदै सरकारमै सहभागी अर्को दल समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि सरकार संधिवान संशोधनका विषयका कठोर रहेको आशंका गर्न थालिएको छ।

अर्कोतर्फ छिमेकी मुलुक भारतले पनि ठूलो आन्दोलन गरेर संविधान फेर्छु भन्नेतिर नलाग्न राजपा नेताहरुलाई सुझाव दिएको छ।

गत आइतबार भारतीय राजदूत मंजिभ सिंह पुरीलाई विदाई गर्न आयोजित एक कार्यक्रममा राजदूत पुरीले भनेका थिए–जे जस्तो छ, संविधान बनिसकेको छ, यो पूर्ण छ भनेर म भन्दिन। कमजोरी होलान्, घटिबढी होला, तर तपाईँहरुले यसै ९संविधान० लाई लिएर हिँड्नुपर्छ।’ उनले सो भेटमा हाल नेपालको संविधान र मधेसी दलको अवस्थालाई एउटा गाडीसँग तुलना गरेर सुनाएका थिए। उनले चलिरहेको गाडीको चालकलाई विश्वासमा लिएर त्यो गाडीलाई आफूले चाहेको बाटोतिर हिँडाउन सक्नु पर्ने सुझाव दिएका थिए।

राजपा पनि अहिले संविधान संशोधन हुँदैन भन्नेमा ढुक्क छ। तर मधेस आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ता रिहा, झुटा मुद्दा खारेजी, घाइतेको उपचारलगायत सरकारले पूरा गर्न सक्ने माग सम्वोधन भए सरकारमा सहभागी हुने नेताहरुले बताउने गरेका छन्।




प्रतिक्रिया

One thought on “के राजपा सरकारमा सहभागी हुन्छ?

  1. सुनेको , ठीकै पनि भयो :- सुनेको Nepal Army Chief को बांग्लादेश को भर्मण क्यानसिल भयो रे। ठीकै भयो। त्यस्तो मुझि देश ले बोलायो भन्दैमा जानै पर्छ भन्ने हुदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *