सुमो दुर्घटनामा तीनको मृत्यु

डिसी नेपाल
११ पुष २०७६ १५:२८

हेटौँडा। मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु र पाँच घाइते भएका छन्।

चन्द्रनिगापुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज ३४३३ नंको सुमो अन्दाजी ३०० मिटर तल खसी आज दुर्घटना भएको थियो। मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ। सुमोमा नौ जना सवार रहेका, ती मध्ये एक सकुशल रहेका र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *