प्रिमियर लिगमा म्यान्चेस्टर सिटी पराजित

डिसी नेपाल
१२ पुष २०७६ ९:०६

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीलाई वोल्भरहम्पटनले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा वोल्भरले सिटीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । २-० ले पछि रहेको वोल्भरले शानदार कम्ब्याक गर्दै सिटीमाथि ३-२ को जित हासिल गरेको हो ।

वोल्भरको जितमा एडमा ट्राओरे, राउल जिमनेज र माट डोहेर्टीले एक एक गोल गरेका थिए । त्यस्तै सिटीका लागि दुवै गोल रहिम स्टरलिङले गरेका थिए । खेलको १२औ मिनेटमा नै सिटीका गोलकिपर एडर्सनले फाउल खेलेपछि सिधै रातो कार्ड खाएर मैदान छोडेपछि सिटी १० खेलाडीमा सिमित भएको थियो ।

यो हारले सिटीको उपाधि जित्ने अभियानमा ठुलो धक्का पुगेको छ । सिटीको १९ खेलमा केवल ३८ अंक छ भने लिगको तेस्रो स्थानमा रहेको छ । सिटी शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा १४ अंकले पछाडी रहेको छ । त्यस्तै वोल्भ्सको भने १९ खेलमा ३० अंक भएको छ र उ लिगको पाँचौ स्थानमा उक्लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *