मैदानमै समर्थकले पारसको खुट्टा ढोगेपछि…

डिसी नेपाल
१२ पुष २०७६ १६:५०

काठमाडौं । पोखरामा सम्पन्न दोस्रो संस्कराणको उपाधि चितवन राईनोजले जितेको छ। नेपाली क्रिकेटका सर्वाधिक लोकप्रिय खेलाडी पारस खड्काको टिम चितवनले उपाधि जित्दा एक समर्थक मैदानमा नै पुगेर उनको खुट्टा ढोगे ।

पारसलाई निकै मनपराउने र आइडल जस्तै मान्ने ती समर्थकले पुरै फाइनल खेलमा चितवनको समर्थन गरेका थिए । जव चितवनले बिराटनगरलाई ३२ रनले हराउँयो र पारस सहित अरु खेलाडीले जितको खुसी मनाईरहेको बेलामा अचानक एक युवा पारसको नजिकै गएर खुट्टामा आफ्नो शिर राखे ।

यो देखेर पारसपनि अचम्ममा परेका थिए । उनले ती समर्थकलाई बढो सहानुभुमीपूर्वक उठाएर हात मिलाएका थिए । यो क्षणमा चितवनका भुवन कार्की विक्रम सोब, सन्नती पटेल, करण केसी त्यहाँ उपस्थित रहेका थिए । उनीहरु पनि यो क्षणबाट निकै अचम्ममा परेका थिए । उनले पनि ती युवालाई सम्झाएका थिए ।

पारसको ७७ नम्वरको जर्सी लगाएका ती युवालाई पारसले अंकमाल गराएर मैदान बाहिर पठाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *