चीनमा हुने एसियन कप फुटबल १० शहरमा खेलाईने

डिसी नेपाल
१२ पुष २०७६ १७:१५

एजेन्सी । चीनमा आयोजना हुने सन् २०२३ को एएफसी एसियन कप फुटबल १० शहरमा हुने भएको छ ।

चाईनिज फुटबल एसोसिएसन (सीएफए) ले शनिबार एसियन कप आयोजना हुने १० शहरको नाम घोषणा गरेको हो ।

एसियन कप चीनको राजधानी बेईजिङसहित तियानजिन, सांघाई, चोङचिन, छन्दु, सियान, डालियन, चिण्डावा, जियामेन र सुजो शहरमा हुनेछ ।

प्रतियोगिता जुन र जुलाईमा हुनेछ । जसमा २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ५१ खेल हुनेछ ।

यस अघि चीनले सन् २००४ मा एसियन कपको आयोजना गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *