आफूनिकट पत्रकारसँग प्रम ओलीः विदेशीमाथि खनिए, गोकर्ण प्रकरणको समर्थनमा उत्रिए

डिसी नेपाल
१२ पुष २०७६ २३:५७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउन देश विदेशबाट संगठित प्रयास भइराहेकोे बताएका छन्।

शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बलियो बहुमतलाई पराजित बाउन देश विदेशका शक्तिहरु लागेको बताउँदै सरकार स्थायित्वका लागि लागेको स्पस्ट पारे। तथर उनले ती देशी र विदेशी शक्ति को हुन् भन्ने विषयमा भने केही खुलाएनन्।

उनले साधान स्रोत सम्पन्नहरु सञ्चार क्षेत्रमा लगानी गरी सरकारलाई हमला गर्न सक्रिय रहेकोसमेत आरोप लगाए।

‘‘साधन स्रोत सम्पन्नहरुले साधन र स्रोतको प्रयोग गरेर र खासगरी विभिन्न सञ्चार माध्यमहरु, सामाजिक सञ्जाल प्रयोग गरेर त्यसमा लगानी गरी हमला गर्न खोज्छन् र साना उपलब्धी हरुलाई ओझेल पार्ने र नभएका कुराहरुलाई उचालने, सबै जनाले अन्तर वस्तु बुझ्न पाएको हुँदैन, त्यसकारण भ्रम फिजाएपछि त्यो भ्रमको असर परिराखेको हुन्छ ।’’ उनले भने।

उनले पछिल्लो घटनाक्रमहरुलाई उल्लेख गर्दै गोकर्ण रिसोर्ट यति समूहलाई लिजमा दिने निर्णयको बचाउ समेत गरे। उनले पार्टीभित्रै सरकारलाई बदनाम गराउन प्रयास भइराखेको समेत बताए। उनले भने, ‘‘गोकर्ण रिसोर्टको लिज अवधि थपियो जसरी कहिल्यै थपिएको थिएन, पहिले हचुवाका भरमा मूल्य राख्ने, हचुवाका भरमा दिने, अहिले विभिन्न स्वतन्त्र संघ संस्थाहरुबाट मुल्याङ्कन गराएर कति तयसका मुल्याङ्कनका विधिहरु तयार गरेर त्यस विधि अन्तर्गत यति हुँदो रहेछ भनेर, अवधि बाँकि रहँदै किन दिइयो भन्ने प्रश्न?, अवधि बाँकी रहँदै किन दिनु पर्छ भन्ने, के त्यसलाई नचलाउने भन्न प¥यो कि अरु केही गर्न प¥यो जव कसैले लिज लिएको छ र उसले प्रगती गर्छ भन्छ र आकर्षक ढंगले सरकारलाई कर तिर्छु भन्छ, लिजको रकम राम्रो तिर्छु भन्छ भने उसले नपाउने भन्ने कुरा होइन ।’’

उनले सरकारले गरेका कामहरुमा भ्रम सिर्जना गर्ने र विकास निर्माणका कुनै काम गर्न नदिने प्रवृति बढेको बताए। उनले पार्टी भित्रैपनि कविता बाचन गरी विरोध मात्र गर्ने तर सरकारले गरेका राम्रा कामहरुमा केही बोल्न नसक्नेहरु सक्रिय रहेको बताए।

सरकारले असाधारण हिसाबले नयाँ नयाँ योजनाहरु ल्याएकोले विरोधीहरु सक्रिय रहेको बताए। उनले भने, ‘‘मैले खोलाको बाटोबाट पनि हामी आवागमन गर्न सक्छौं भने उडाए, हामी समुद्रमा जहाज चलाउन सक्छौं भने उडाए, कति दयनीय अवस्था छ विरोधिहरुको, पानीमा पानी जहाज चल्छ भन्ने कुरा पनि थाहा पाएका छैनन्, नदिमा स्टिमर चल्छ, जहाज चल्छ भन्ने त थाहा पाउनु पर्छनी।’’

उनले राजनीतिकरुपमा थुप्रै उपलब्धीहरु प्राप्त गरेको अवस्थामा अझै पनि सफलतालाई पराजित बनाउनु खतरनाक प्रयासहरु भइराखेको बताए। उनले यस्ता खतरनाक प्रयासहरुलाई पराजित गरी राष्ट्रिय एकता सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकताको भावले जित्नुपर्ने बताए।

उनले भने, ‘‘हामीले राजनीतिक रुपमा थुप्रै उपलब्धीहरु हासील गर्यौ, हाम्रै जीवनकालमा निरंकुश निर्दलीय पञ्चायती व्यवस्था ढलेको छ, निरंकुश राजतन्त्रात्मक प्रणालीलाई ढाल्यौं, हामीले जनतालाई वास्तवमा सार्वभौंम सत्ता सम्पनन बनाइएका छौं र अब हाम्रा अधिकारहरु संविधानले सुनिश्चित पनि गरेको छ, संघीय लोकतान्त्रीक गणतन्त्त हाम्रो बाटो पनि निश्चित भएको छ अब हामीले एकताबद्ध भएर सही बाटोमा राष्ट्र निर्माणको दिशामा अगाडी बढ्ने छ। जुन आजको आवश्यकता हो ।’’

उनले भने, ‘‘पहिचानको राजनीति भनेर जातजातमा लगाइदिने, भूगोल भुगोलमा लडाइदिने साम्प्रदायिक विद्रोहमा जनतालाई फसाइदिने देशलाई रुवाण्डा गराइदिने त्यस्ता प्रयासहरुमा बबण्डर चल्यो, हामीले झण्डै–झण्डै नेपाली भेनर विर्सने र नेपाली भनेर हामीलाई बिर्साउने प्रयास भए पहिले म फलाने जात त्यसपछि नेपाली भन्ने कुराहरु, जातजातका बीचमा ंिहंसा, तराई र मधेस, पहाड र मधेस, हिमाल र पहाड अनेक प्रकारका कुराहरु पनि उचालिए। ’’

प्रधानमन्त्री ओलीले अब राजनीतिक स्थायित्व आएको अवस्थामा विकास निर्माणका गतिवधिले तिब्रता पाएको बताए। उनले फलाम खानी निकाल्ने, तेलको लागि सर्भे गर्ने लगायतका कामहरु भइराखेको बताए। त्यस्तै सिमेन्ट तथा फालाम निर्यात गर्ने, कृषिमा आधुनिकिकरण गर्ने र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्ने दिशामा सरकारल लागेको स्पस्ट पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *