ज्लाटन एसी मिलानमा अनुबन्ध

डिसी नेपाल
१२ पुष २०७६ १८:२३

एजेन्सी । स्वीडेनका पुर्व अन्तर्राष्ट्रिय स्टार फरवार्ड ज्लाटन इब्राहिमोभिच इटालियन सिरि ‘ए’ क्लब एसी मिलानमा फर्किएका छन् । अर्को सिजन विकल्प रोज्न सक्ने प्रावधानसहित उनी पुनः एसी मिलान पुगेका हुन् ।

३८ वर्षे ज्लाटनले यसअघि माल्मो, आयाक्स, युभेन्टस, इन्टर मिलान, बार्सिलोना, एसी मिलान, पीएसजी, म्यानचेस्टर युनाइटेड र एले ग्यालेक्सीका ३८ वर्षे भेट्रान स्टार ईब्राहिमोभिचले सिरि ‘ए’ क्लबसँग ६ महिनाको सम्झौता गरेका हुन् । मिलानको आधिकारिक ट्वीटर ह्यान्डलबाट ‘आइ जेट इज कमिङ’ भन्दै ट्वीट गरेका छन् ।

‘इभ्राहिमोभिच स्वास्थ्य परिक्षणपछि जनवरी २ मा मिलानमा टिमसँग जोडिनेछन् । इभ्राहिमोभिचले गत नोभेम्भरमा अमेरिकी मेजर लिग सकर सिजनको अन्त्यसँगै एलए ग्यालेक्सी छाडेका थिए । इभ्रााहिमोभिचले २०१० देखि २०१२ सम्म एसी मिलानमा रहँदा ८५ खेलमा ५६ गोल गरेका थिए ।

इभ्राहिमोभिचले १५ जनवरीमा एसपालसँग खेल्दै मिलानबाट पुनः डेब्यु गर्नेछन् । पीएसजीका पुर्व प्रशिक्षक कार्लो एन्सेलोटी एभर्टन लागेपछि ज्लाटनलाई पनि एभर्टन ल्याउने तयारी भइरहेको सुनिदा उनले इटाली नौ रोजेका हुन् । ज्लाटन २०१८ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट अमेरिकन क्लब एलए ग्यालेक्सीमा आबद्व भएका थिए । उनले त्यहाँ ५६ खेलमा ५२ गोल गर्दै आफ्नो प्रभाव छाडेका थिए ।

लगातार खराल लयबाट गुज्रिरहेको ७ पटकको युरोपियन च्याम्पियन मिलान २०११ यता उपाधिविहीन छ । मिलान जारी सिजनमा १७ खेलमा मात्र २१ अंक जोड्दै ११औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *