राष्ट्रिय पुरुष भलिबल टिमका सदस्य हरि अधिकारी सम्मानित

डिसी नेपाल
१२ पुष २०७६ १९:५५

काठमाडौं । राष्ट्रिय पुरुष भलिबल टिमका सदस्य हरि अधिकारी सम्मानित भएका छन् ।

क्विक स्पाइकर हरिलाई शनिबार अधिकारी समाजले साधारणसभाको अवसरमा सुनसरीको तालतलैयामा सम्मान गरेको हो ।

खेलकुदको क्षेत्रबाट अधिकारीको वंशलाई चिनाउन महत्वपूर्ण योगदान गरेको कारण उनलाई सम्मान गरिएको हो ।

त्रिभुवन आर्मी क्लबबाट खेल्ने हरि राष्ट्रिय टिमका नियमित सदस्य हुन् । हरि नेपालमा सम्पन्न १३ औं दक्खेषिण एसियाली खेलकुदको टिममा समेत रहेका थिए ।

यस्तै नेपालमा भएको एसियन भलिबल कन्फेडेरेसन ९एभिसी० सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको टिममा समेत हरि रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *