सागः करातेमा पदक जित्ने खेलाडी सम्मानित

डिसी नेपाल
१२ पुष २०७६ २१:४६

काठमाडौं । शंखडोल शाखा डोजो र भगवती युवा क्लबले गत महिना सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका पदक विजेता सबै खेलाडीलाई शनिबार सम्मान गरेको छ ।

करातेमा नेपालले १० स्वर्ण, ४ रजत र ५ कांस्य जितेको थियो । सोही अवसरमा सागका करोत प्रशिक्षक, व्यवस्थापक र नेपाली निर्णायकहरुलाई पनि सम्मान गरिएको थियो । संघिय सांसद कृष्ण राई, शंखडोल शाखा डोजोका प्रमुख शिवराम कारन्जितले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

शंखडोल डोजोमा सागमा सहभागी नेपाली खेलाडीहरुले केहि समय प्रशिक्षण गरेका थिए । सोही डोजोमा भुटान, पाकिस्तान र श्रीलंकाका खेलाडीले पनि अभ्यास गरेको प्रमुख कारन्जितले जानकारी दिए ।

साग इतिहासमै सबैभन्दा सफल प्रदर्शन गरेको नेपालले ५१ स्वर्ण, ६० रतज र ९५ कास्य गरि कुल २ सय ६ पदकसहित पदक तालिकामा दोस्रो स्थान प्राप्त गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *