बर्नमाउथमाथि ब्राइटनको जित

डिसी नेपाल
१२ पुष २०७६ २१:५३

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन विजयी भएको छ । शनिबार राति भएको खेलमा ब्राइटनले एएफसी बर्नमाउथलाई २–० गोल अन्तरले पराजित गर्दै प्रिमियर लिगको तालिकामा २३ अंकका साथ १३ औं स्थानमा राखेको छ ।

ब्राइटनको जितमा अलिरजा जहाँबख्स र अरोन मोएले एक एक गोल गरेका थिए । तेस्रो मिनेटमै अलिरजाले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए । पहिलो हाफमा १ गोल गरेको ब्राइटनले दोस्रो हाफमा पनि थप एक गोल गरेको थियो । ७९ औं मिनेटमा ब्राइटनका लागि मोएले गोल गर्दै २–० को जित दिलाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *