डोमिनिकको दुई गोलमा एभर्टनको जित

डिसी नेपाल
१२ पुष २०७६ २३:२४

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा एभर्टनले जित निकालेको छ । शनिबार राति भएको खेलमा एभर्टनले न्युकासललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

न्युकासलको मैदानमा एभर्टनलाई जित दिलाउन दुवै गोल डोमिनिक काल्भर्ट लेविनले गरे । घरेलु टोलीका फाबियनले एक गोल फर्काए । खेलको १३ औं मिनेटमा डोमिनिकले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । तर, खेलको ५६ औं मिनेटमा फाबियनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।

त्यसपछि खेलको ६४ औं मिनेटमा डोमिनिकले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २-१ को जित दिलाए । जितसँगै एभर्टनले २० खेलमा २५ अंक जोडेको छ । एभर्टन लिगको दशौँ स्थानमा रहेको छ । २५ अंक नै जोडेको न्युकासल ११ औं स्थानमा रहेको छ ।

यस्तै अर्को खेलमा वाट्फोर्डले एस्टन भिल्लालाई ३–० ले हराएको छ । साउथह्याम्पटनले क्रिस्टल प्यालेससँग १(१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *