खेल सकिएको दुई घण्टामै वेष्टह्यामका प्रशिक्षक बर्खास्त

डिसी नेपाल
१३ पुष २०७६ १७:०६

एजेन्सी । लेस्टर सिटीसँगको हारपछि वेष्टह्यामले प्रशिक्षक मानुयल पिलिग्रीनीलाई बर्खास्त गरेको छ । घरेलु मैदानमा हारको श्रृखंलालाई कायम राख्दा क्लबले प्रशिक्षकलाई नै हटाएको छ । उसले पछिल्ला १२ खेलमा नौ खेलमा पराजित हुनुपरेको थियो । जसमा चार घरेलु मैदानमा खेलेको थियो ।

हाल प्रिमियर लिगको १७ औं स्थानमा रहेको वेष्टह्यामले प्रशिक्षक पिलिग्रीनीलाई खेल सकिएको २ घण्टा पछि नै बर्खास्त गरेको हो ।

क्लव ब्यवस्थापनले टिमलाई ट्रयाकमा ल्याउन परिवर्तनको आवश्यकता रहेको बताएको छ । यो सिजन क्लवको लक्ष्य अनुसारको नतिजा ल्याउनका लागि नयाँ प्रशिक्षक आवश्यक रहेको र अब अर्को प्रशिक्षकलाई धेरै समय दिनका लागि परिवर्तन खाँचो रहेको क्लवले बताएको छ ।

पिलिग्रीनीले १८ महिला वेष्ट ह्यामको प्रशिक्षकका रुपमा काम गरेका थिए । तीन बर्षका लागि २०१८ को मे महिनामा आएका उनले त्यसअघि ६ महिना पनि वेष्ट ह्यामको प्रशिक्षकमा काम गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *