पक्राउ परेका नेता तथा कार्यकर्तालाई रिहाई गर्न माग

डिसी नेपाल
१३ पुष २०७६ १७:२९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी क्रान्तिकारी)ले गिरफ्तार गरिएका पार्टी कार्यकर्ताहरुको यथाशिग्र रिहाई तथा घाइतेहरुको उचित उपचारको माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै पार्टीले यो घटनालाई संवेदनशीत तथा दुर्भाग्यपूर्ण परिघटनाको संज्ञा दिएको छ ।
पार्टीका महासचिव किरणद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘उप–प्रधानमन्त्रीद्वारा अनुमति प्रदान गरिएको प्रतिनिधि मण्डलको भेटघाटको कार्यक्रममा यसरी सरकारद्वारा गरिएको निर्मम फासीवादी दमन, लाठी चार्ज र गिरफ्तारीको हाम्रो पार्टी जोडदार विरोध तथा भत्र्सना गर्दछ ।’

‘भारतद्वारा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई भारतमा गाभी तयार पारिएको नयाँ नक्सा लगायत राष्ट्रिय स्वाधीनताका विषयमा ज्ञापनपत्र दिन उप–प्रधानमन्त्रीको स्वीकृति अनुसार सिंहदरवारमा जाने क्रममा भाटभटेनी सुपरमार्केट क्षेत्रमा नेपाल सरकारका प्रहरीहरुद्वारा अन्धाधुन्ध लाठीचार्ज गरी कार्यक्रममाथि अवरोध खडा गरियो’, विज्ञप्तिमा भनिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *