वेष्ट ह्यामले डेभिड मोएसलाई मुख्य प्रशिक्षकमा ल्याउने!

डिसी नेपाल
१३ पुष २०७६ २०:०६

एजेन्सी । इन्ग्लिश क्लब वेष्ट ह्यामले मुख्य प्रशिक्षकमा डेभिड मोएसलाई ल्याउने भएको छ ।

मुख्य प्रशिक्षक म्यानुयल पेलेग्रिनीलाई बर्खास्त गरेको वेष्ट ह्यामले मोएसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिन लागेको हो ।

वेष्ट ह्यामले मोएसलाई सोमबार प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको बीबीसीले जनाएको छ ।

मोएस वेष्ट ह्यामका पूर्व प्रशिक्षक समेत हुन् । मोएस सन् २०१७ मा ६ महिना क्लब हेरेका थिए । तर, क्लबले खराब प्रदर्शन गरेपछि बर्खास्तमा परेका थिए ।

वेष्ट ह्यामले शनिबार राति पेलेग्रिनीलाई बर्खास्त गरेको थियो । लेस्टर सिटीसँग २–१ ले पराजित भएसंगै क्लबले पेलेग्रिनीलाई बर्खास्त गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *