मदन भण्डारी स्पोर्टस् एकेडेमीबाट खुला दौड प्रतियोगिता पुस १६ मा

डिसी नेपाल
१३ पुष २०७६ २०:४२

विराटनगर । मदन भण्डारी स्पोर्टस् एकेडेमी मोरङले यही पुस १६ गते विराटनगरको शहीद रङ्गशालामा खुल्ला दौड प्रतियोतिता सञ्चालन गर्ने भएको छ ।

एकेडेमीद्वारा आईतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोजविक्रम शाहले युवालाई खेलकूदमा सक्रिय बनाउन तथा आपसी भाइचारा कायम गर्न दौड प्रतियोतिताले सहयोग पुग्ने बताए।

प्रतियोगितामा महिलातर्फ तीन किमि तथा पुरुषतर्फ पाँच किमि दौडको कार्यक्रम सञ्चालन गरिने छ । प्रतियोगितामा पाँच सय जनाले सहभागिता जनाउने विश्वास गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *