न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिज अष्ट्रेलियालाई

डिसी नेपाल
१३ पुष २०७६ २०:५९

एजेन्सी । विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत पाहुना टिम न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा अष्ट्रेलियाले फराकिलो जित निकालेको छ । मेलबर्नमा आइतबार अष्ट्रेलियाले न्युजिल्याण्डलाई २ सय ७४ रनले हराएको हो ।

अष्ट्रेलियाले दिएको ४ सय ८८ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको न्युजिल्याण्ड तेस्रो दिन २ सय ४० रनमा अलआउट भयो ।

न्युजिल्याण्डको लागि टम ब्लुन्डेलले १ सय २१ रनको शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै हेनरी निकोलसले ३३ तथा मिचेल स्टाननरले २७ रन बनाए । अष्ट्रेलियाका नाथन लायनले ४ तथा जेम्स प्याटीनसनले ३ विकेट लिए ।

पहिलो इनिङ्समा न्युजिल्याण्डले अलआउट हुँदै १ सय ४८ रन बनाएको थियो । यता, टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय ६७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि टर्भिस हेडले १ सय १४ रनको शतकीय इनिङ्स खेलेका थिए ।

यस्तै दोस्रो इनिङ्समा १ सय ६८ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो । जितसँगै अष्ट्रेलियाले ४० अंक पाएको छ । र, अष्ट्रेलियाले सिरिजमा समेत कब्जा जमाएको छ ।

पहिलो टेष्टमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई २ सय ९६ रनले हराएको थियो । दुई टोलीबीचको तेस्रो टेष्ट शुक्रबार सुरु हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *