रोनाल्डो सन्यासपछि फिल्म क्षेत्रमा लाग्ने!

डिसी नेपाल
१३ पुष २०७६ २१:३५

एजेन्सी । पोर्चुगिज तथा युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले सन्यासपछि चलचित्र क्षेत्रमा प्रवेश गर्ने योजना रहेको बताएका छन् । रोनाल्डोले आफु लामो समय फुटबलमा रहने बताउँदै फुटबल बुट थन्काएपछि भने आफ्नो पहिलो प्राथमिकता चलचित्र क्षेत्रमा करियर बनाउनु रहेको बताए ।

‘धेरै वर्ष पहिले फुटबल खेल्ने उमेर ३०/३२ थियो । अहिले ४० वर्ष उमेर भएकालाई मैदानमा भेट्टाउनु हुनेछ,’ दुबई स्पोर्ट्सको पत्रकार सम्मेलनमा रोनाल्डोले भने, ‘जब मेरो शरीरले सही तरिकाले प्रतिक्रिया दिदैंन । मेरो एक नजर फिल्म इन्डस्ट्रीतिर हुनेछ ।’

३४ वर्षे पोर्चुगिज स्टार रोनाल्डोले पाँच पटक बालोन डी’ ओरको उपाधि जितिसकेका छन् । उनले पाँच युरोपियन कप, ६ वटा लिग र पोर्चुगलबाट युरोपियन च्याम्पियन्सको उपाधि जितेका छन् । रोनाल्डोले आफुले अझै फुटबलमा धेरै गर्ने योजना बनाएको तर आफुलाई सन्यासपछि चलचित्र क्षेत्रलाई चुनौती दिने लक्ष्य रहेको बताए ।

‘आशा छ, म अझै ५० वर्ष बाच्ने छु । र, फरक चुनौतीको सामना गर्न र त्यसलाई समाधान गर्न सकु । म एउटा कुरालाई चुनौती दिन चाहन्छु, उदाहरणको लागि एक चलचित्रमा अभिनय ।’ यस्तै रोनाल्डोले आफ्नो शरीरले साथ दिएसम्म आफुले फुटबलबाट सन्यास नलिने समेत बताए ।

‘जुन क्षणमा मेरो शरीरले ठीक समयमा मैदानमा प्रतिक्रिया दिदैन त्यो समयमा छोड्नु पर्ने हुन्छ । मेरो क्षेत्रमा सफलता भनेको कडा मेहेनतको परिणाम र बाँच्ने तरिका हो । मेरो शारीरिक र मानसिक क्षमता सुधार गर्न निरन्तर काम गर्छु,’ रोनाल्डोले थपे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *