दिल्ली क्रिकेट एसोसिएसनको बैठकमा पदाधिकारीले एकअर्कामाथि बर्साए मुड्की, भिडियो भाइरल

डिसी नेपाल
१३ पुष २०७६ २२:१४

एजेन्सी । दिल्ली क्रिकेट एसोसियनको बैठकमा दुई पक्षबिच झडप भएको छ। उक्त बैठकमा एक पक्षले रिटायर्ड जस्टिस बदर दुरेज अहमदलाई हटाउन माग गरेका थिए। यही बिषयमा झडप भएको हो। झडपमा बीजेपी बिधायक ओपी शर्मालाई चोट लागेको छ।

झडपको उक्त भिडियो सामाजिक संजालमा निकै भाईरल भएको छ। उक्त भिडियोमा अगाडी बसेका केही मानिसहरु आपसमा झगडा गरेको देख्न सकिन्छ। उनीहरु एक अर्कामाथि जाईलागेका छन्। दुवै पक्षमा को–को समावेश थिए भन्ने अहिलेसम्म पहिचान भएको छैन्।

पूर्व क्रिकेटर तथा बीजेपी सांसद गौतम गम्भीरले बीसीसीआई अध्यक्ष सौरभ गांगुलीलाई दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन्। उनले उक्त झडपको भिडियो ट्वीट गर्दै डीडीसीएलाई तत्काल खारेज गर्न र घटनामा संलग्न ब्यक्तिलाई आजीवन प्रतिबन्ध गर्न माग गरेका छन्।

भिडियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *