आर्सनलविरुद्ध चेल्सीको पुनरागमन जित

डिसी नेपाल
१३ पुष २०७६ २२:५२

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलको लण्डन डर्बी भिडन्तमा चेल्सीले जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको मैदानमा सुरुवाती अग्रता उल्टाएर चेल्सीले घरेलु टोलीलाई पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन जोर्गीन्हो र टामी अब्राहमले एक एक गोल गरे ।

इमिरेट्स स्टेडियममा सुरुवाती अग्रता भने आर्सनलले खेलको १३ औं मिनेटमा पिएरे एम्रिक औवामियाङको गोलबाट बनाएको थियो । तर, दोस्रो हाफको अन्तिम १० मिनेट भित्र दुई गोल गर्दै चेल्सीले जित निकालेको हो ।

खेलको ८३ औं मिनेटमा जोर्गीन्होले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । त्यसपछि खेलको ८७ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए ।

जितसँगै चेल्सीले २० खेलबाट ३५ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । २४ अंक जोडेको आर्सनल १२ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *