पहिलो टेस्टमा दक्षिण अफ्रिकाको रोमान्चक जित

डिसी नेपाल
१४ पुष २०७६ ११:१७

काठमाडौं । इङल्याण्ड र दक्षिण अफ्रिकाबीच जारी टेस्ट सिरिजको पहिलो टेस्ट दक्षिण अफ्रिकाले जितेको छ । टेस्टको चौथो दिनमै दक्षिण अफ्रिकाले इङल्याण्डलाई १०७ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको ३८६ रनको लक्ष्य पछाएको इङल्याण्ड २६८ रनमै अलआउट भएको थियो ।

दक्षिण अफ्रीकाले पहिलो इनिङमा २८४ रन बनाएको थियो भने इङल्याण्ड १८१ रन मात्र बनाएर अल आउट हुँदा दक्षिण अफ्रीकाले पहिलो इनिङमा १०३ रनको अग्रता हासिल गरेको थियो । दोस्रो इनिंगमा दक्षिण अफ्रिका २७२ रनमा अल आउट भएपछि पहिलो इनिङको अग्रतासहित इङल्याण्डले ३८६ रनको लक्ष्य पाएको थियो ।

इङल्याण्डले खेलको चौथो दिन लक्ष्य पच्छ्याउदै राम्रो शुरुवात गरेपनि मध्य क्रमका ब्याट्सम्यानले रन बनाउन नसक्दा पराजित हुन पुगेको छ । इङल्याण्डका लागि रोरी बर्न्सले सर्वाधिक ८४ रन बनाए भने कप्तान जो रुट ४८ रन बनाएर आउट भए ।

दक्षिण अफ्रीकालाई जित दिलाउन तिब्र गतिका बलर कागीसो रबाडाले दोस्रो इनिंगमा ४ विकेट लिएका थिए भने एनरिच नोर्टजेले ३ तथा केशव महाराजले २ विकेट लिए । योसँगै टेस्ट च्याम्पियनसिप अन्तर्गतको ४ टेस्टको सिरिजमा घरेलु टोली दक्षिण अफ्रीका १–० ले अगाडि भएको छ । अब दोस्रो टेस्ट जनवरी ३ बाट सुरु हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *