जीतसँगै म्यान्चेस्टर सिटी तेस्रो स्थानमा कायमै

डिसी नेपाल
१४ पुष २०७६ ११:२१

काठमाडौँ । इङलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी भएको छ । अघिल्लो खेलमा हारेको सिटीले कमब्याक गर्दै शेफिल्ड युनाइटेडमाथि २–० को जित निकालेको हो । यससँगै सिटी लिगको तेस्रो स्थानमा कायमै छ ।

सिटीको जितमा सर्जियो अग्युरो र केभिन डि ब्रुनले एक–एक गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ५२औ मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८२औ मिनेटमा ब्रुनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए ।

यो जितपछि सिटी २० खेलमा ४१ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ । सिटीले अब अर्को खेल विहिबार एभर्टनविरुद्ध खेल्दै छ भने शेफिल्डले लिभरपुलको सामना गर्दै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *