लगातार १९ औं खेलमा पनि अपराजित लिभरपुल, १३ अंकको अग्रता कायमै

डिसी नेपाल
१४ पुष २०७६ ११:२३

काठमाडौँ । इङलिश प्रिमियर लिगमा लिभरपुलले आफ्नो विजयी यात्रा कायमै राखेको छ । गएरातीको जीतसँगै लिभरपुलले लगातार १९ खेलमा पनि हार व्यहोरोन । १९ खेलमा १८ जीत र १ बराबरीसहित लिभरपुलले १३ अंकको अग्रतासहित अंक तालिकाको शीर्ष स्थानमा कायमै छ ।

गएराती भएको खेलमा लिभरपुलले वोल्भ्सलाई १–० को गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो मानेले गोल गरेका थिए । मानेले खेलको ४२औ मिनेटमा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा अग्रता दिलाएका थिए । खेलमा त्यसपछि कुनै गोल भएन र खेल लिभरपुलले १–० ले जित्यो ।

यो जितपछि लिभरपुलले आफ्नो घरेलु मैदानमा लगातार ५० खेल जितेको किर्तिमान बनाएको छ । लिगमा खेलेका १९ खेलमा १८ जित र एक बराबरीसहित लिभरपुल ५५ अंकसहित शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटी भन्दा १३ अंकको अग्रता हासिल गरेको लिभरपुल एक खेल कम खेलेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *