२०१९ समीक्षाः टि–२० अन्तर्राष्ट्रियमा शतक बनाउने विश्वमै २ मात्र कप्तान, दुवै नेपालका

डिसी नेपाल
१४ पुष २०७६ १४:०६

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र अहिलेका कप्तान ज्ञानेन्द्र मल्लले २०१९ मा इतिहास रचेका छन् । यो वर्ष टि–२० अन्तर्राष्ट्रियमा विश्वभरबाट दुई जना मात्र कप्तानले शतक बनाए । रोचक संयोग – ती दुवै कप्तान नेपालका पारस खड्का र ज्ञानेन्द्र मल्ल हुन् । यी दुईबाहेक अन्य कुनै पनि कप्तानले यस वर्ष टि–२० अन्तर्राष्ट्रियमा शतक बनाउन सकेनन् ।

पारस खड्काले गत सेप्टेम्बरमा त्रिकोणात्मक सिरिज अन्तर्गत सिंगापुरविरुद्ध ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रनमा अविजित रहेका थिए । ज्ञानेन्द्रले अघिल्लो महिना १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा कीर्तिपुर क्रिकेट मैदानमा भुटानविरुद्ध ५५ बलमा ५ चौका र ९ छक्का सहित १ सय ७ रन जोडेका थिए । जुन कप्तानका रुपमा २०१९ मा एकै खेलमा जोडेको सर्वाधिक रन पनि हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *