शहीद स्मारक ए डिभिजन लिगः मनाङलाई उछिन्दै मच्छिन्द्र लिगको शीर्ष स्थानमा

डिसी नेपाल
१४ पुष २०७६ १५:४९

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो चरणको पहिलो खेलमा मच्छिन्द्र क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा मच्छिन्द्रले एनआरटीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो ।

मच्छिन्द्रको जीतमा विदेशी खेलाडी एडिलाजा सोमिडेले निर्णायक गोल गरे । उनले खेलको ९०औँ मिनेटमा विजय धिमालको पासमा हेड गोल गरेका थिए । मच्छिन्द्रले चार खेलमा ९ अंक जोडेको छ । समान ९ अंक नै जोडेको मनाङ मर्स्याङ्दी क्लब गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *