छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

डिसी नेपाल
१५ पुष २०७६ १२:२८

काठमाडौं । सप्तरी, डोटी, सुनसरी, भोजपुर, चितवन र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।

सप्तरी, सुरुङ्गा नगरपालिका–५ स्थित सडकमा ना.७ ख ३७०२ नम्बरको ट्याङकरले स.२ प ६५८८ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–६ बस्ने ३२ वर्षीय बेदानन्द चौधरीको शप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको छ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सुरुङ्गा नगरपालिका–६ बस्ने ४० वर्षीय श्याम चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ। फरार ट्याङकर चालकको प्रहरीले खोजी गरिरहेको छ।

डोटी, दिपायल सिलगढी नगरपालिका–३ स्थित तिखाकाडी भन्ने स्थानमा डोटीको पिपल्लाबाट तिखातर्फ जाँदै गरेको से १ त २१६३ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका सोही नगरपालिका–६ सिलगाउँ बस्ने ३८ वर्षीय टेक बहादुर नेपालीलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायलतर्फ लैजाने क्रममा सोमबार साँझ बाटोमै मृत्यु भएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरी, बर्जु गाउँपालिका–१ स्थित सडकमा को ११ प ८७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही गाउँपालिका–१ शुक्रबारे बस्ने २६ वर्षीय जयराम मेहताको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ।

भोजपुर, षडानन्द नगरपालिका–१० खोटडाँडास्थित सडकमा को.२ च १७९२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने २७ वर्षीय फुर्वा तामाङको तुम्लिङटार मनोकामना अस्पताल संखुवासभामा उपचारको क्रममा मृत्यु भएको छ।

चितवन, रत्ननगर नगरपालिका–७ स्थित सडकमा ना. ३७ प ४९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक गोरखा गण्डकी गाउँपालिका–६ बस्ने २५ वर्षीय सुदिप राना मगरलाई उपचाको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार गोरखा गण्डकी गाउँपालिका–६ बस्ने ३३ वर्षीय दुर्गा बहादुर थापाको सोही अस्पतालमा उपचार भइरहेको छ।

बाँके, नेपालगंज उपमहानगरपालिका–२० स्थित सडकमा कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे–८ प ४६४ नम्बरको मोटरसाइकल मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुर्खेत लेखबेसी नगरपालिका–५ बस्ने ४० वर्षीय गणेश नेपालीको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनाको सम्बन्धमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *