काठमाडौंमा तमु ल्होसार (फोटो फिचर)

डिसी नेपाल
१५ पुष २०७६ १५:४९

काठमाडौं । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व धुमधामका साथ मनाइरहेका छन् ।

नयाँ वर्षलाई स्वागत गर्ने दिनका रुपमा यो पर्व मनाउने गरिन्छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । सोमबार मृग वर्षलाई विदा गरी मुसा वर्षलाई स्वागत गरिएको तमुल्होसार मूलआयोजक समितिले जनाएको छ । तमु ल्होसारको अवशरमा गुरुङ समुदायले राजधानीमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् । मंगलबार बिहान नयाँ सडकबाट झाँकीसहित रत्नपार्क, सहिदगेट हुँदै टुंगिखेलसम्म ¥यालीको आयोजना गरिएको थियो । टुंडिखेलमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समेत सहभागि हुनुहुन्थ्यो । यसअघि ल्होसारको अवशरमा १३ गतेबाट विभिन्न खेलकुद प्रतियोगिताहरु पनि आयोजना गरिएका थिए ।

तस्बीर : रमण मानन्धर

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *