टेष्ट क्रिकेट चार दिनको बनाईने!

डिसी नेपाल
१५ पुष २०७६ १६:२५

एजेन्सी । क्रिकेटको सबै भन्दा लामो फर्म्याटको टेष्ट क्रिकेट अब चार दिनको बनाउने तयारी भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सदस्य राष्ट्रको बोर्डसँग टेष्ट क्रिकेटलाई ४ दिनेमा झार्ने तयारीसहित छलफल सुरु गरेको छ ।

चार दिनमा नतिजा नआएको टेष्ट क्रिकेट हाल पाँचौं दिनसम्म हुने गर्छ । टेष्ट क्रिकेटको कारण अन्य क्रिकेट सिरिजमा असर पर्ने भएको कारण टेष्ट क्रिकेटलाई ४ दिनमा सिमित गर्न लागिएको हो ।

सन् २०२३ अर्थात विश्व टेष्ट च्याम्पियनसिपपछि टेष्ट क्रिकेट ४ दिनको बनाउने आईसीसीले तयारी गरेको छ । चार दिनमा सिमित हुने टेष्टमा हरेक दिन कम्तिमा ९० देखि ९८ ओभरको हुनेछ । यसको अर्थ ५ दिन चल्ने टेष्ट भन्दा ४ दिनको टेष्टमा मात्र ५८ ओभर कम हुनेछ ।

टेष्ट च्याम्पियनसिप सकिनु अघि पनि चार दिने टेष्ट क्रिकेट हुनेछ । दक्षिण अफ्रिका र जिम्बाबे तथा इंग्ल्याण्ड र आयरल्याण्डबीचको टेष्ट सिरिज चार दिने हुनेछ । यस्तै अष्ट्रेलियाले समेत अफगानिस्तानलाई चार दिने टेष्टमा आतिथ्यता गर्ने सम्भावना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *