नयाँ वर्षको लागि भायानेटले ल्यायो नयाँ योजना

डिसी नेपाल
१५ पुष २०७६ १६:३३

काठमाडौं । नयाँ वर्ष २०२० को अवसरमा भायानेटले आफ्नो ग्राहकको लागि ‘ट्रिपल ट्वान्टी’ अफर बजारमा ल्याएको छ । भायानेटले आज एक प्रेस विज्ञप्ति जारी गर्दै योजनको बारेमा जानकारी दिएको हो ।

भायानेटका अनुसार नयाँ वर्ष २०२० को सुरुवात गर्नका लागि भायानेटले ग्राहकहरु लागि २०Mbps को नयाँ इन्टरनेट प्लान ल्याएको हो । यो योजना नयाँ इन्ट्री–लेबलको सीमित अवधिका लागिमात्र रहेको भायानेटले बताएको छ । उक्त योजना वार्षिक ११,४०० मा उपलब्ध छ, जसमा २५०ं च्यानलहरु भएको नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा १००० छुट प्रदान गरिने भायानेटले जनाएको छ ।

भायानेटले बजारमा २०Mbps को अफर २०२० मा ल्याइएकाले यसलाई “ट्रिपल ट्वान्टी अफर” भनिएको जनाएको छ । यो अफर ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्म लागू हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *