आईपीएलको उद्घाटन २९ मार्चमा हुने!

डिसी नेपाल
१५ पुष २०७६ २२:५३

एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएल २०२० को संस्करणको उद्घाटन २९ मार्चमा मुम्बईको वानखडे स्टेडियममा हुने भएको छ । वर्तमान च्याम्पियन मुम्बई इण्डियन्स टिमको घरेलु मैदानमा खेल्दै उपाधि रक्षाको अभियान शुरुआत गर्ने छ ।

आईएएनएससँग कुरा गर्दै दिल्ली क्यापिटल्सका एक अधिकारीले भने ‘शुरुआत गर्ने मिति २९ मार्चमा तय भएको छ ।’ आईपीएलको शुरुआतका केही खेलमा अस्ट्रेलिया, इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीहरु खेल्ने छैनन् ।

त्यतिबेला अस्ट्रेलिया र न्यूजिल्याण्डका बीचमा टी २० सिरिज खेल्ने छन् भने इंग्ल्याण्ड र श्रीलंकाबीचमा टेस्ट सिरिज हुने छ । आईपीएलको उद्घाटन मार्च २९ तारिखमा भए पनि खेल भने अप्रिल १ तारिखदेखि शुरुहुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *