भरतपुर–१६ मा उल्टियो नतिजा, काँग्रेसका अमृतराज हमाल विजयी

डिसी नेपाल
१५ मंसिर २०७६ ६:२१

चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ मा नेपाली काँग्रेस विजयी भएको छ।

काँग्रेसका उम्मेद्वार अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् ।

हमालले नेकपाका भक्तराज हमाललाई पराजित गरेका हुन् । अमृतराजले ३१८३ मत प्राप्त गरेका छन् भने भक्तराजले २८७५ मत प्राप्त गरे ।

यसअघि सो वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वार चतुरमान गुरुङ विजयी भएका थिए।

उनको क्यान्सर रोगले निधन भएपछि उपनिर्वाचन भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *