कास्की–२ मा ११ सय ६१ मतले विद्याको अग्रता, अन्य उम्मेद्वारको कति ?

डिसी नेपाल
१५ मंसिर २०७६ ७:०१

पोखरा । कास्की–२ मा सत्तारुढदल नेकपाले प्रारम्भिक अग्रता लिएको छ ।

कास्की २ मा पर्ने पोखरा महानागरपालिका ३३ को करिब ६ हजार मत गन्दा नेकपाकी उम्मेद्वार विद्या भट्टराईले ३२७६ मत प्राप्त गर्दै ११ सय ६१ मतको अग्रता लिएकी छिन् । कांग्रेसका उम्मेद्वार पौडेलले २११५ मत पाएका छन्।

त्यस्तैगरी समाजवादी पार्टीका धर्मराज गुरुङको ९५, राप्रपा ४७, साझा पार्टी ३१, राप्रपा सम्युक्तले ६ मत पाएका छन् ।

७ हजार ९ सय ९१ कुल मतदाता रहेको वडा नम्बर ३३ मा ५ हजार ६ सय ४२ मत खसेको थियो । अहिले बिहान ६ बजेबाट वडा नम्बर २१ को मत गणना जारी छ ।

कास्की-२ को शनिबार भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको थियो। कास्की-२ को उपनिर्वाचनमा सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई र नेपाली कांग्रेसबाट खेमराज पौडेलसहित १९ जनाले प्रतिस्पर्धा गर्दै छन् ।

साझा पार्टीबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस बिपीबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ती पार्टीबाट पूर्णबहादुर राना, नेकपा मालेबाट टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गानाइजेशनबाट रियाज गुरुङ, राप्रपा संयुक्त गंगा मल्ल, राप्रपा रोमबहादुर भण्डारी चुनावी मैदानमा छन् ।

पोखराको सहिद चोक स्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *