यूरो २०२० मा पोर्चुगल, फ्रान्स र जर्मनी एउटै समूहमा
काठमाडौं। यूरोपियन कप २०२० मा पोर्चुगल, फ्रान्स र जर्मनी एउटै समूहमा परेका छन्। शनिबार यूइएफएले सार्वजनिक गरेको समूह विभाजनमा पोर्चुगल, फ्रान्स र जर्मनी समुह ‘एफ’मा परेका हुन्। पोर्चुगल यूरोको साविक विजेता हो भने जर्मनी र फ्रान्स क्रमशः २०१४ र २०१८ का विश्व कप विजेता हुन्। समूह ‘एफ’को चौथो टोली भने अहिले निर्धारण भएको छैन।
समूह ‘ए’मा टर्की, ईटाली, वेल्स र स्वीट्जरल्याण्ड परेका छन्। डेनमार्क, फिन्ल्याण्ड, बेल्जियम र रुस समूह ‘बी’मा छन्। त्यस्तै समूह ‘सी’ मा नेदरल्यान्ड, अष्ट्रिया र यूक्रेन परेका छन्। यी तीन समूहमा अर्को टोली निर्धारण हुन बाँकी छ। समूह ‘डी’मा बेलायत, क्रोएसिया, पोल्याण्ड छन्। चेक रिपब्लिक, स्पेन, स्वीडेन समुह ‘इ’मा रहेका छन्। दुबै समुहको चौथो टोली निर्धारण हुन बाँकी छ। २०२० को यूरो कप युरोपका विभिन्न १२ राष्ट्रले संयुक्त रुपमा आयोजना गर्नेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment