साग पुरुष भलिबलको फाईनलमा भारत र पाकिस्तान भिड्ने

डिसी नेपाल
१५ मंसिर २०७६ १९:४२

काठमाडौं । भारत १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको सेमिफाइनलमा श्रीलंकालाई ३–१ को सेटमा पराजित गर्दै भारत स्वर्ण नजिक पुगेको हो ।

फाइनल पुग्ने क्रममा भारतले श्रीलंकालाई २७–२५,२५–१९,२१–२५ र २५–२१ ले पाखा लगायो । अब भारतले स्वर्णका लागि पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानले बंगलादेशलाई हराउँदै फाईनलमा प्रवेश गरेको हो।

आइतबार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ३–० को सेटमा पराजित गर्दै पाकिस्तान स्वर्ण नजिक पुगेको हो । फाइनल पुग्ने क्रममा पाकिस्तानले बंगलादेशलाई २५–१५,२५–२१ र २६–२४ ले पाखा लगायो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *