हारबाट जोगियो युभेन्ट्स

डिसी नेपाल
१५ मंसिर २०७६ २१:३३

एजेन्सी । इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा युभेन्ट्स सासोउलोसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, २२ औं मिनेटमा जेरीमी बोगाले गोल गर्दै सासोउलोलाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको ४७ औं मिनेटमा फ्रान्सिस्को कापुटोले गोल गर्दै सासोउलोलाई २–१ को अग्रता दिलाए । तर, खेलको ६८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाए ।

यो बराबरीसँगै युभेन्ट्सले १४ खेलबाट ३६ अंक जोडेको छ । युभेन्ट्स शीर्ष स्थानमा रहेको छ । सासोउलो १४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *