मेस्सीको निर्णायक गोलले जीतेसँगै बार्सिलोना फेरि ला लिगाको शीर्षमा

डिसी नेपाल
१६ मंसिर २०७६ ९:१२

काठमाडौँ । स्पेनिस ला लिगामा लियोनेल मेस्सीको निर्णायक गोलमा बार्सिलोना विजयी भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडमाथि १-० को जित हासिल गरेको हो ।

खेलको एक मात्र गोल मेसीले खेलको ८६औ मिनेटमा गरेका हुन् । एटलेटिकोको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा एटलेटिकोले गोल गर्ने अवसर पाए पनि बार्सिलोनाका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

यस खेलमा आफ्नो पुर्व क्लबविरुद्ध पहिलो पटक खेलेका एन्टोइन ग्रीजम्यानले भने खासै उलेख्य खेल खेल्न सकेनन् । बार्सिलोनामा आफ्नो प्रदर्शन औसत देखाएका ग्रीजम्यान बार्सिलोनामा अहिलेसम्म खेलेका १८ खेलमा केवल ५ गोल गर्दै निराशाजनक प्रदर्शन गरेका छन् ।

यो जितसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा पुगेको छ । बार्सिलोनाको १४ खेलमा ३१ अंक रहेको छ । त्यस्तै १४ खेलमा ३१ नै अंक रहेको रियल मड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । एथ्लेटिको मड्रिडको भने १५ खेलमा २६ अंक रहेको छ भने लिगको छैटौं स्थानमा पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *