रोनाल्डोले हारबाट जोगाए पनि युभेन्टसले सिरी एको शीर्ष स्थान गुमायो

डिसी नेपाल
१६ मंसिर २०७६ ९:४०

काठमाडौँ । इटालियन सिरी ए मा इन्टरमिलान शिर्ष स्थानमा उक्लिएको छ । गएराति सम्पन्न खेलमा इन्टरले स्पाललाई २-१ गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो ।

इन्टरको जितमा अर्जेन्टिनी स्ट्राइकर लउटारो मार्टिनेजले दुवै गोल गरेका थिए । मार्टिनेजले खेलको १६औ र ४१औ मिनेटमा गोल गर्दै इन्टरलाई जिताएका थिए । त्यस्तै स्पालका लागि माटिया भालोटिले खेलको ५०औ मिनेटमा एक गोल फर्काएका थिए ।

यो जितपछि युभेन्टसलाई पछि पर्दै इन्टर सिरी ए को शिर्ष स्थानमा उक्लिएको छ । इन्टरको १४ खेलमा ३७ अंक छ भने गएराती नै बराबरीमा रोकिएको युभेन्टसको १४ खेलमा ३६ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *