सागमा आज २४ स्वर्णको छिनोफानो हुँदै

डिसी नेपाल
१६ मंसिर २०७६ १०:०५

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त आज (सोमबार) २४ वटा स्वर्णको छिनोफानो हुँदैछ । कराँतेका ९, तेक्वान्दोका १३ र ड्रायफलनका दुईवटा गरी २४ वटा स्वर्णका लागि खेलाडीहरु प्रतिस्पर्धा गरिरहेका छन् ।

कराँते र तेक्वान्दोको प्रतिस्पर्धा काठमाडौँमा भइरहको छ भने ड्रायफलन पोखरामा हुँदैछ । तेक्वान्दोका २९ स्पर्धामा २९ स्वर्ण, २९ रजत र ५८ कास्यका लागि प्रतिस्पर्धा हुनेछ। कराँतेका विभिन्न १९ स्पर्धामा १९ स्वर्ण, १९ रजत र ३८ कास्यका लागि प्रतिस्पर्धा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *