नेपालकी क्रिकेटर अञ्जली चन्दले डेब्यूमै बनाइन् अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वरेकर्ड

डिसी नेपाल
१६ मंसिर २०७६ ११:४५

काठमाडौं। नेपाली महिला क्रिकेटर अञ्जली चन्दले डेब्यू खेलमै अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वरेकर्ड बनाएकी छिन् । उनले विश्व क्रिकेटका दिग्गज खेलाडीहरु सबैलाई उछिन्दै अन्तर्राष्ट्रिय टि–२० मा बेस्ट बलिङ फिगरको विश्वरेकर्ड बनाएकी हुन् ।

आज जारी माल्दिभ्सविरुद्धको खेलमा अञ्जलीले २ ओभर १ बल बलिङ गर्दै एक रन पनि नदिइ ६ विकेट लिएर अन्तर्राष्ट्रिय टि–२० अन्तर्राष्ट्रियमा नयाँ इतिहास बनाएकी हुन् । पोखरामा भइरहेको खेलमा अञ्जलीले आफ्ना सुरुका २ ओभरमध्ये पहिलो ओभर ३ विकेटसहित मेडन र दोस्रो ओभर २ विकेटसहित मेडन राखिन् र तेस्रो ओभरको पहिलो बलमै विकेट लिँदै इतिहास बनाएकी हुन् ।

उनको यो इनिङको इकोनोमी शुन्य छ । यसअघि यो रेकर्ड मलेसियाकी मास एलियाको नाममा थियो । एलिसाले गएको जनवरीमा चीनविरुद्ध भएको खेलमा ४ ओभरमा १ ओभर मेडन राख्दै ३ रन दिएर ६ विकेट लिएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *