सागः मन्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण

डिसी नेपाल
१६ मंसिर २०७६ ११:४९

काठमाडौं! मन्डे काजी श्रेष्ठले पाकिस्तानी खेलाडीलाई पराजित गर्दै सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । मन्डेले व्यक्तिगत काँतामा स्वर्ण दिलाएका हुन् ।

फाइनलमा मन्डले २५.७२ अंक ल्याउँदै पाकिस्ताका नैयामातुल्लाहलाई पराजित गरेका हुन् । नैयामातुल्लाहले २४.९२ अंक प्राप्त गरे ।

यसअघि समूहमा मन्डेले २४.० अंक प्राप्त गर्दै फाइनलमा स्थान बनाएका हुन् । यस्तै अर्को समूहमा पाकिस्तानका नैयामातुल्लाहले २३.६८ अंक ल्याउँदै स्वर्णका लागि मन्डेसँगको भिडन्त पक्का गरेका थिए ।

त्यसबाहेक समूहमा श्रीलंकाका साउथरासाले २१.१८, बंगलादेशका मोहम्मद हासिन्कले २२.८ अंक ल्याए । श्रीलंकाका सोन्थारारासा बालुराज पाकिस्तानका नियामतुल्लाहसँग पराजित हुँदै कास्यमा सिमित भए ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो पदक जितेको छ । त्यसअघि चञ्चला दनुवारले कराँतेको सिनियर महिला व्यक्तिगत कातातर्फ नेपाललाई रजत पदक दिलाएकी थिइन् । पाकिस्तानकी साइदासँग पराजित हुँदै नेपाल रजतमा खुम्चिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *