ट्रायथलनमा नितेश मानन्धरले जिते कास्य

डिसी नेपाल
१६ मंसिर २०७६ १३:१२

पोखरा ! नेपालमा भइरहेको दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत ट्रायथलनको पुरुष तर्फको खेलमा नेपालका नितेश मानन्धरले कास्य पदक जित्न सफल भएका छन् !

पोखरामा भएको उक्त खेलमा भारतका आदर्शमान सिनामोलले स्वर्ण र विश्वजित सकिमले रजत पदक जितेका हुन् । नेपालका लागि नितेश मानन्धरले कास्य जितेका हुन्। ट्रायथलनमा साइक्लिङ, स्वमिङ र म्याराथन खेल खेल्नुपर्छ।
महिला तर्फ भने नेपालकी सोनी गुरुङले स्वर्ण जितिसकेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *