सिना लिम्बुले पनि जितिन् स्वर्ण

डिसी नेपाल
१६ मंसिर २०७६ १३:३९

काठमाडौं। नेपालकी सिना मादेन लिम्बूले तेक्वान्दोतर्फ १७ देखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा स्वर्ण पदक जित्न सफल भएकी छिन् । उनले ८.१५० अंक जोड्दै स्वर्ण हात पारिन् । त्यसैगरी भारतकी रुपा बयोरले ८.१३० अंक जोड्दै रजत तथा श्रीलंकाकी मेन्डिस नामुन्नीले ७.९६० अंक जोड्दै कास्य पदक जितिन । त्यसअघि भएको पुरुष २९ वर्ष माथिको समूहमा नेपालका रेजिन रिमाल चौथो भएका छन् । उक्त स्पर्धामा बंगलादेशका दीपू चक्माले स्वर्ण जितेका छन् ।

त्यसअघि पुरुष तर्फ भएको २३ देखि २९ वर्षको उमेर समूहमा नेपालका कमलले भारतका राहुल जैनलाई पछि पार्दै स्वर्ण पदक जितेका छन् । उक्त प्रतिसपर्धामा नेपालका कमलले ८.२७० अंक भारतका राहुलले ८.२०० अंक ल्याएका थिए साथै श्रीलङकाका निसासंकासे आसिंगेले कास्य जितेका छन् । उनले ८.०६० अंक प्राप्त गरेका थिए ।

त्यसअघि नेपालका कृष्ण बहादुर तामाङले १७ देखि २३ वर्ष उमेर‌ समूहमा रजत जितेका छन् । तामंगले ८.२५० अंक जोड्दा श्रीलंकाका रौनुका प्रभातले ८.२५० अंक ल्याउँदै स्वर्ण जितेका छन् । भारतका लाल्थला मुआनपुआ ८.०९० अंक सहित तेस्रो भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *