हेलिकप्टर दुर्घटना हुँदा तीनको मृत्यु

डिसी नेपाल
१६ मंसिर २०७६ १३:५४

ह्यूस्टन । अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतवार राती भएको एउटा हेलिकप्टर दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको छ । ह्यूस्टनबाट करिब ३ सय २० किलोमिटर पश्चिममा रहेको सो इलाकामा दुर्घटना भएको थियो ।

एउटा मात्र इन्जिन भएको यस हेलिकप्टरमा सवार दुई पुरुष र एक महिलाको सो दुर्घटनमा मृत्यु भएको हाे ।

सान एन्टोनियो अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटर उत्तरपश्चिममा उक्त दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *