नेपालले थप्यो अर्को स्वर्ण, पदकको संख्या १० पुग्यो

डिसी नेपाल
१६ मंसिर २०७६ १५:०५

काठमाडौं। नेपालले तेक्वान्दोको पुम्सेमा अर्को स्वर्ण पदक थपेको छ । नेपालकी पार्वती गुरुङले २३ देखि २९ वर्ष उमेर समूहमा सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदक जितेकी हुन् ।

पुम्सेमा पार्वतीले ८ दशमलव २५० अंक प्राप्त गरिन् । रजत पदक श्रीलंकाकी खेलाडीले ८ दशमलव १४० अंक ल्याई रजत पदक जित्न सफल भइन् । योसँगै नेपालले तेक्वान्दोमा स्वर्ण संख्या तीन पुर्‍याएको छ । नेपालले अहिलेसम्म ८ स्वर्ण, १ रजत र १ कास्य पदक जितिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *