साग : फुटबलको उद्घाटन खेलमा बांगलादेशमाथि भुटानको रोमाञ्चक जित
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत सोमबार भएको फुटबलको उद्घाटन खेलमा भुटान विजयी भएको छ। भुटानले बांगलादेशलाई स्तब्ध पार्दै पुरुष फुटबलमा विजयी शुरुआत गरेको हो।
दशरथ रंगशालामा सोमबार भएको खेलमा भुटानले बंगलादेशलाई १–० गोल अन्तरले पाखा लगायो। फुटबलको उद्घाटन खेलमा दर्शकहरुको भने निकै कम उपस्थिति थियो। नेपालको खेल मंगलबार हुनेछ।
घरेलु टिम नभएकाले पनि सोमबार बांगलादेश र भुटानबीचको खेल हेर्न दर्शकको उपस्थिति कम भएको हो।
निकै टक्करको प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले पहिलो हाफ बराबरी खेले। भुटानले दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णायक बन्यो।
भुटानका कप्तान चेन्चो ज्ञाल्सेनले ६५ औं मिनेटमा निर्णायक गोल गरे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment