१३ औं सागः दोस्रो दिन नेपालको वर्चस्व, १३ स्वर्ण कब्जा

काठमाडौं। नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद (साग)को दोस्रो दिन मंगलबार नेपालले आफ्नो वर्चस्व कायम गरेको छ। नेपालले दोस्रो दिन १३ स्वर्ण जितेको छ। करातेमा सात र तेक्वान्दोमा पाँच स्वर्ण पदक जितेको छ।

ट्रायथलनमा समेत ऐतिहासिक स्वर्ण पदक जितेको नेपालले स्वर्ण पदकको सङ्ख्या १३ पुर्‍याएको छ। नेपालले करातेमा सात, तेक्वान्दोमा पाँच र ट्रायथलनमा एक स्वर्ण जितेको हो।

पछिल्लो पटक करातेमा अनु अधिकारी एवम् कुसुम खड्काले दुई र तेक्वान्दोमा आयशा शाक्य एवम् सन्जीवकुमार ओझाको जोडीले एउटा स्वर्ण पदक जितेको हो। शाक्य र करातेका मण्डेकाजी श्रेष्ठ दुई–दुई स्वर्ण जितेका छन्।

करातेका मण्डेकाजी श्रेष्ठले नेपाललाई व्यक्तिगत पुरुष काता प्रदर्शनमा पहिलो स्वर्ण पदक दिलाएका छन् । महिला टिम कातामा निर्मला तामाङ, संगीता मगर र सरु कार्कीको समूहले पनि स्वर्ण पदक जितेको छ।

करातेको पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ। मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर रहेको समूहले स्वर्ण जितेको हो। तेक्वान्दोको व्यक्तिगत पुरुष काता प्रदर्शनमा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक दिलाएका छन्। यस्तै ट्रयाथलोनमा पनि नेपालले स्वर्ण जितेको छ। नेपालकी सोनी गुरुङले स्वर्ण पदक हात पारेकी हुन् । यस्तै, तेक्वान्दो खेलमा सिना लिम्बू मादेनले स्वर्ण दिलाएकी छिन्। यस्तै लक्ष्मण तामाङले ५५ केजी समूह कराते किक बक्सिङमा स्वर्ण जितेका छन् ।

यस्तै तेक्वान्दोको पुम्सेमा नेपालकी पार्वती गुरुङले २३ देखि २९ वर्ष उमेर समूहमा स्वर्ण पदक जितेकी छिन् । उनले श्रीलंकालाई पराजित गरिन् । यस्तै तेक्वान्दोको पुम्सेमै ३० वर्ष माथिको समूहका आयशा शाक्यले भारतलाई पराजित गर्दै स्वर्ण जितिन् । करातेतर्फ विप्लवलाल श्रेष्ठले पनि पाकिस्तानलाई हराउँदै स्वर्ण पदक जिते ।

नेपालकी चञ्चला दनुवारले महिला एकल कातामा रजत पदक जित्न सफल भइन्। चञ्चलाले फाइनलमा पाकिस्तानकी सइदासँग पराजित भइन्। करातेका दिवस श्रेष्ठले ६४ केजी मुनी तौल समूहको फाइनलमा पाकिस्तानसँग पराजित भएपछि रजत पदक जिते । त्यस्तै, पुरुष ट्रायथलोनको पुरुषतर्फ भने नेपालका बसन्त थारुले कास्य पदक जितेका छन्। यस्तै ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपालले १ कास्य पदक जितेको छ ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position